क्रिकेट खेलाडीलाई जनही १–१ लाखले सम्मान

स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले आईसीसी महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही १–१ लाख सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

फाउण्डेसनको स्थापनाको अवसर पारेर भीरकोट ७ बलमाटामा आयोजना गरिएको बृहत बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ खेलाडीलाई एक—एक लाख नदग, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा. लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एक–एक लाख नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

पुतलीबजार नगरपालिकाका ३ महिला खेलाडी आईसीसी महिला यू १९ विश्वकपमा पु¥याउन सफल भएको भन्दै उनीहरुको मनोवल अझै उच्च बनाउन टेवा पुग्ने उदेश्यले आफ्नो स्थापनाको दिवसमा नगद सहित प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।

पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी. र कुसुम गोदारसहित स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पनि फाउण्डेसनले सम्मान गरेको छ । विश्वकपमा सहभागी हुन पाउने खेलाडी मध्ये स्याङ्जाका ३ जना रहेका छन् ।

सम्मान गर्दै सांसद थापाले खेलका माध्यमबाट स्याङ्जालाई विश्वभर चिनाउन सफल महिला क्रिकेट खेलाडीलाई बधाई दिँदै उनीहरूलाई हौसला र उर्जा बढाउनुपर्नेमा जोड दिए । खेलाडीहरु जिल्लाका मात्र नभई राष्ट्रका गहना भएको बताउदै सांसद थापाले सरकारले खेलाडीहरुको उच्च मनोबल बढ्नेगरी काम गर्नुपर्नेमा जोड दिए । फाउण्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगार लगायतका बिषयमा महत्वपुर्ण भुमिका खेलेको चर्चा सांसद थापाले गरेका थिए ।

शिक्षा, स्वास्थ्य, खेलकुद र दैवी प्रकोप लगायतका क्षेत्रमा फाउण्डेसनले सहयोग गर्दै आएको छ । स्थापना देखी जिल्लाका विभिन्न क्षेत्रमा फाउण्डेसनले सामाजिक उत्तरदायीत्व अनुसारको काम गर्दै आएको छ ।

यसैबिच विश्वकपमा छनौट भएका स्याङ्जाका ३ महिला खेलाडीलाई पुतलीबजार नगरपालिकाले समेत नगद सहित सम्मान गर्ने भएको छ । नगरपालिकाको १६ औं नगरसभामा ३३ हजार ३३३ रुपैया नगद सहित ३ जना खेलाडीलाई सम्मान गरिने नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।

The post क्रिकेट खेलाडीलाई जनही १–१ लाखले सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104146/