१४ जनाकाे हत्या गरेको पुष्टि भएपछि थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला

१४ जनालाई खानामा विष हालेर हत्या गरेको आरोपमा थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला भएको छ । गएको वर्ष एक जना धनी साथीको खाना र पेय पदार्थमा विष हालेर हत्या गरेपछि पक्राउ परेकी ३६ वर्षकी सररत रङ्गसिवुथापोनले अरू १३ जनाको पनि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो । पक्राउ परेपछि उनले आफ्ना साथीको प्राकृतिक कारणले नै ज्यान गएको जिकिर गरेकी थिइन् । तर शव परीक्षण गर्दा मृतकको शरीरमा साइनाइड विषादी भेटिएको थियो । त्यसपछि अनुसन्धान अघि बढाउँदै जाँदा महिलाले सन् २०१५ देखि यस्तै १३ वटा हत्या गरेको प...

Source : https://ujyaaloonline.com/story/109084/2024/11/21/woman-sentenced-to-death-after-being-convicted-