गाजाकाे शरणार्थी शिविरमा इजरायली आक्रमण : ३३ जनाकाे ज्यान गयाे, ‘युद्धविरामको प्रयास निकै कठिन’

गाजाको उत्तरी क्षेत्र जबालियामा रहेको एक शरणार्थी शिविरमा इजरायलको आक्रमणमा परी ३३ जनाको ज्यान गएको छ । इजरायली आक्रमणमा २१ महिलासहित ३३ जनाको ज्यान गएको हमासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली सेनाले विगत केही हप्तादेखि सघन जनसङ्ख्या भएको शिविरमा घेराबन्दी गर्दै आएको थियो । यही हप्ता इजरायली आक्रमणमा हमासका प्रमुख नेता याह्या सिनवार पनि मारिएका थिए । यसैबीच युद्धविरामको प्रयासलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो वक्तव्य बाहिर आएको छ । बाइडेनले लेबनानमा युद्धविरामलाई लिएर काम गर्ने...

Source : https://ujyaaloonline.com/story/107941/2024/10/19/israeli-attack-killed-33-people-in-gaza