जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । पुबुदुलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व मुख्य प्रशिक्षक पनि हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोलीलाई सम्हालेका थिए । पुबुदुको नेतृत्वमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो । जनकपुर बोल्ट्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका विक...

Source : https://ujyaaloonline.com/story/107808/2024/10/15/pubudu-appointed-as-head-coach-of-janakpur-bolts