ढोरपाटनमा यो यामका लागि शिकार शुरू : १२ नाउर, ८ झारल र ११ बँदेलको शिकार गर्न अनुमति

काठमाण्डाै – ढोरपाटन शिकार आरक्षमा यस यामको शिकार शुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १२ नाउर, आठ झारल र ११ बँदेलको शिकारका लागि अनुमति दिएकोमा एक जना अस्ट्रेलियाली नागरिकले नाउरको शिकार गरेसँगै यस यामको शिकार शुरू भएको हो । आरक्षमा पहिलो शिकार याम असोज–कात्तिक र दोस्रो चैत–वैशाखसम्म हुने गर्छ । निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी शिकारीले शिकारको अनुमति लिएका छन् । विभागले शिकार गर्नका लागि न्यूनतम रा...

Source : https://ujyaaloonline.com/story/107942/2024/10/19/hunting-for-this-season-begins-in-dhorpatan