दशैँपछि सरकारी कार्यालय र अस्पतालमा सेवाग्राहीको घुइँचो… (तस्विरहरु) 

काठमाडौँ । दशैँ बिदापछि सरकारी कार्यालय र सरकारी अस्पतालमा सेवाग्राही चाप बढ्न थालेको छ । बिदापछि कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो ।

दशैँलाई लक्षित गर्दै फूलपाती (२४ गते) देखि सुरु भएको दशैँ बिदा २८ गते सकिएको छ । योसँगै अहिले अस्पताल र सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको चाप बढ्दै गएको छ । हाल यातायात कार्यालय, अस्पतालको ओपिडी सेवा, जिल्ला प्रशासन कार्यालहरुमा सेवाग्राहीको चाप बढ्दै गएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Source : https://arthasarokar.com/2024/10/office-9.html