नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित

काठमाण्डाै – नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल चौथो खेलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय १ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाई ४० बलमै भेटायो । पाकिस्तानका नैमतले ६९, सफदारले २४ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रन बनायो । नेपालका भरत थापाले सबैभन्दा धेरै ३९ रन बनाए । पाकिस्तानका हरोनले २ विकेट लिए । प्रतियोगितामा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपाल...

Source : https://ujyaaloonline.com/story/109329/2024/11/27/nepal-lost-to-pakistan-by-10-wickets