नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा विशेष छुट

काठमाण्डौ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका सेवाग्राहीलाई काठमाण्डौको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भीसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परामर्श निःशुल्कमा हुने व्यवस्थासमेत गरिएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यक...

Source : https://ujyaaloonline.com/story/109372/2024/11/28/nbl-international-health-services-agreement