नेपाल भ्रमण सकेर फिर्ता भए भारतीय सेनाका मेजर जनरल

काठमाडौँ । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स नेपालको ६ दिने औपचारिक भ्रमणका लागि गत असोज १४ गते काठमाडौँ आएका थिए । उनलाई नेपालमा नेपालका लागि रक्षा सहचरी कर्णेल वी सुब्रमण्यमले नेपालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

नेपाल भ्रमणका क्रममा जनरल देवगनले पोखराको पनि भ्रमण गरेका थिए । पोखरामा उनले भूतपूर्व सैनिक र्यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए । उनले हाम्रा वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिएका थिए ।

नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएका जनरलले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्तासमेत गरेका थिए । सँगै असोज १९ गते उनले आफ्नो नेपाल भ्रमण सम्पन्न गरेका थिए । भ्रणम सफल र फलदायी रहेको उनले प्रतिक्रिया दिएका थिए ।

Source : https://arthasarokar.com/2024/10/charanjit-singh.html



Related Posts