पहिलो टी–२० खेलमा नेपालले दियो अमेरिकालाई १ सय ६५ रनको लक्ष्य

काठमाण्डाै – पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले एइ सय ६५ रनको लक्ष्य दिएको छ । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए । अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार...

Source : https://ujyaaloonline.com/story/107887/2024/10/18/nepal-gave-america-165-target