पोखरा एभेन्जर्समा अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस अनुबन्ध

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । दायाँ हाते ब्याटर गौसले उमेर समूहमा दक्षिण अफ्रिकाका लागि खेलेका थिए । उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । गौसले सन् २०२४ मा क्यानाडासँगको खेलमा डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए । पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले आफू उत्साहित रहेको बताएका छन् । यसअघि पोखरा एभेन्जर्सले इन्डियन प्र...

Source : https://ujyaaloonline.com/story/107864/2024/10/17/signed-wicketkeeper-batsman-andres-gauss