पोसाकमा रहेका स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

काठमाडौं– स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्तिक १५ गतेदेखि लागु हुने गरी पोसाकमा रहेका र परिचयपत्र बोकेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र यातायात व्यवसायी राष्ट्रिय महासंघबिच स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने समझदारी भएको मन्त्रालयले बनाएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185065/