प्रचण्ड र विप्लवद्वारा एउटै मन्चबाट ८४ लाई ६४ मा फर्काउने उदघोष

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द शनिबार चितवनमा एउटै मञ्चमा उभिएर पार्टी एकतामा जोड दिएका छन् ।

भरतपुर-१३ चम्पानगरमा भएको माओवादीका बेपत्ता योद्धा दण्डपाणी न्यौपानेको स्मृति भवन निर्माणका लागि आयोजित सांस्कृतिक कार्यक्रममा दाहालले भने, – ‘ठूलो छाती लिएर एकतामा जानेछु, आउँदो ८४ लाई ६४ मा फर्काउने जोडमा छु ।’

उनले आउँदो ०८४ सालमा ०६४ सालको निर्वाचनमा जस्तै माओवादीलाई पहिलो पार्टी बनाउने भन्दै ०८४ र ०६४ सालको कुरा गरेका हुन् । दाहालबाटै अलग भएका चन्दले पनि ‘माओवादी धार एक भए ०५२ साल त हैन, ०६४ साल पक्कै पनि आउने’ बताएका थिए ।

The post प्रचण्ड र विप्लवद्वारा एउटै मन्चबाट ८४ लाई ६४ मा फर्काउने उदघोष appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493384/