प्रोभिजनको रकम बढ्दा आत्मनिर्भर लघुवित्त घाटामा
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको सोहि अवधिमा लघुवित्तले ५२ लाख ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड ६९ लाख रुपैयाँ थियो ।
लघुवित्तले प्रोभिजनका लागि छुट्याएको रकम ७०. २३ प्रतिशतले बढेको छ । प्रोभिजनको रकम बढ्दा लघुवित्त घाटामा गएको हो ।
आत्मनिर्भरको नन पर्फर्मिङ लोन (एनपीएल) भने १४.४३ प्रतिशत पुगेको छ ।
Source : https://arthasarokar.com/2024/11/aatmanirbhar-laghubitta-2.html