भारतीय विमानमा बम राखिएको धम्की बढ्दै

भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए । जसका कारण विमान ‘डाइभर्ट’ गर्नु परेको, उडानहरू रद्द भएका र यात्रामा ढिला भएको भारतको संघीय नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर पछि जाँच तथा छानविन गर्दा ती धम्कीहरु नक्कली भएको पुष्टि भएको छ । यसअघि गएको जुन महिनामा एकैदिन ४१ वटा विमानस्थलहरूले बम राखिएका धम्कीहरू इमेलमार्फत् प्राप्त...

Source : https://ujyaaloonline.com/story/108029/2024/10/21/bomb-threats-on-indian-aircraft-are-increasing