मानव सेवा आश्रममा ४ हजार १४६ जनालाई पारिवारिक मिलन

मकवानपुर । मानवीय सेवा सबैभन्दा उच्च सेवा भएकोले मानव जातीको सेवामा लाग्नु पर्ने बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताएका छन् ।

प्रदेश प्रमुखद्वारा प्रशंसा

गत असोज २६ गते मेचि पुलबाट सुरु गरिएको मेचिकाली राष्ट्रिय उद्धार यात्रा २०८१ का यात्रीहरुस“गको भेटमा उनले यस्तो बताएका हुन् । नेपालको संविधानले समेत ग्यारेन्टी गरेका मानव अधिकारको रक्षार्थ सरकार सधैं तत्पार रहेको र यसमा गैरसरकारी नियकायहरुको सहकार्य प्रशंसनीय भएको देवकोटाले बताए ।

मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने उनले बताए । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्न आयोजना गरिएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को ४७ जना अभियानकर्मीहरु ९ दिनको यात्रामा ८४ जनालाई सडकबाट उद्धार गरेकोमा उनले खुसी व्यक्त गरे । मानव अभियान सराहनीय, मानवप्रति सेवा गर्ने कामको जति बखान गरे पनि कमै हुने उनले बताए ।

सडक मानवको उद्धार, संरक्षण गर्ने काम सामाजिक भाव, मन, वचन कर्मले हुने बताउ“दै यो पुण्यको काममा सबैले हातेमालो गर्नुपर्नेमा उनले बताए । सरकारले मात्र सडक मानवमुक्त गर्न सम्भव नभएको बताउ“दै उनले सबै नागरिकको जिम्मेवारी भएको बताए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सेवाभावले गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रदेश सरकारले पनि आश्रमका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

सडक मानवमुक्त गर्ने अभियान आफैँमा उत्कृष्ट काम भएको बताउ“दै सीमित स्रोतको परिचालन गर्दै व्यवस्थापन गर्नु पनि चुनौतीको विषय भएको जिकिर गरे । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ) ले मानव भएर जन्मेपछि सबैले मानवको सेवा गर्नुपर्ने बताए ।

बागमती प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानसाथ र सहयोग गर्न मन्त्रालय सदैव तयार रहेको उनको भनाइ छ । सोही कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले सडकमा मानवको सङ्ख्या बढ्नु चिन्ताको विषय भएको औल्याए । उनले सडक मानव मुक्त गर्न दिगो व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले कुनै पनि मानव सडकमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दि“दै त्यसका लागि राज्य सदैव साथमा रहेको बताए ।

बागमती प्रदेशलाई ०८२ लाई सडक मानव मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिइए अनुसार कार्यगतिलाई तिव्रता दिइएको छ । मानवसेवा आश्रममा हालसम्म १ हजार ७९८ जना आश्रित छन् । हालसम्म जम्मा १० हजार ५०८ जनाको उद्दार गरिएको छ भने ४ हजार १४६ जनालाई पारिवारिक मिलन गराइएको छ ।

The post मानव सेवा आश्रममा ४ हजार १४६ जनालाई पारिवारिक मिलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102638/