लैंगिक समानताका लागि व्यवहार परिवर्तन गर्न आवश्यक

दैलेख । नारायण नगरपालिका दैलेखले लैङ्गिक तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण रणनीतिक योजना सम्बन्धी छलफल गरेको छ । नारायण नगरपालिका दैलेखले आयोजना गरेको कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी छलफल गरेकोे हो ।

कार्यक्रममा कर्णाली प्रदेशको ल्याएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई ऐन ल्याई निरन्तरता दिनको लागी कर्णाली प्रदेश सरकारसँग नगरपालिकाले अनोरोध गरेको नारायण नगरगालिकाका सामाजिक विकास अधिकृत खमबहादुर थापाले बताए ।

उनले कर्मचारी जनप्रतिनिधिलाई सहभागी गराएर स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति बनाउने, बजेट विनियोजन गर्ने र लागू गर्ने वातावरण निर्माणका लागि लगायका बिषयमा छलफल गरिएको समेत बताए ।

हामीले नीति अनुसार कार्ययोजना बनाउनुपर्ने युनिसेफ नेपालका राजेश मगरले बताए ।उनले सामाजिक समावेशीकरण संवेदनशील नेतृत्व र सुशासन’bout लगायत हामीले समुदायमा पुगेर काम गर्नुपर्ने बताए । आगमी दिनमा नगरपालिका संग समन्वय गरेर अगाडि बढ्ने उनले जानकारी दिए ।

यस्तै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले सबैले महिलाको सवालमा आवाज उठाउनुपर्ने बताए ।उनले ऐन नियमका कुरा लगायत महिलाको क्षमताको अभिबृद्धि गर्न सबै संघ संस्थाले सहयोग गर्नुपर्ने बताए । लैङ्गिक समानता हरेक क्षेत्रमा हुनुपर्ने नितिगत रुपमा महिलालाई क्षमताको अभिबृद्धि गर्न अनिवार्य सहभागीता गराउन सबैलाई सहयोग गर्न नगरप्रमुख शर्माले आग्रह गरे ।

उनले भने लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताए । सबै क्षेत्रमा महिलालाई समान रुपमा आगाडी ल्याउनुपर्ने पछिल्लो समयमा नगरपालिकाले थुप्पै काम गरेकाले सबैले सीपमूलक तालीममा सहयोग गरी महिलाको हितमा काम गर्नुपर्ने बताए ।

The post लैंगिक समानताका लागि व्यवहार परिवर्तन गर्न आवश्यक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102636/