संस्कृति मन्त्रीलाई ललितकला प्रतिष्ठानका पदाधिकारीले बुझाए प्रतिवेदन

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वर्षको विभिन्न कार्यक्रम’bout माग राख्दै प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई २०८०–८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । मंगलबार प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछाली, सदस्यसचिब देबेन्द्र प्रसाद काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पंकज अधिकारीलगायतले मन्त्रीलाई भेटर शो प्रतिवेदन बुझाएका हुन् ।

सो भेटमा मन्त्री पाण्डेले गत असोज ११ र १२ गतेको अबिरल वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेकोमा दुःख व्यक्त गरे । आफ्नो व्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न केही ढिलो भएको उनले सो क्रममा प्रकाश पारे । यो प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाउने र सम्बन्धित समस्यालाई निराकरण गर्न पहिल पनि गर्ने मन्त्रीले प्रतिबद्धता जनाए ।

‘देश सङ्घीय संरचनामा गइसकेपछि प्रदेश तथा पालिकामा समेत प्रज्ञा–प्रतिष्ठानहरू बन्नेक्रम जारी छ । तर यसमा केन्द्रका प्रज्ञा–प्रतिष्ठानसँगको समन्वय तथा एकरूपतामा भने ध्यान दिनुपर्ने आवश्यकता मैले देखेको छु ।’ मन्त्री पाण्डेले भने, ‘प्रतिष्ठानहरू भनेका हाम्रा थिङ्कट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत र साधनका बिच पनि राम्रो काम गरिरहनुभएको छ र आउँदा दिनमा पनि मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’, कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठुलो योगदान पुगेको बताउँदै मन्त्री पाण्डेले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको सो भेटका क्रममा बताए ।

यो भेटमा प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले प्रतिष्ठानका विभिन्न समस्याहरु पनि मन्त्रीलाई जानकारी गराएका छन् । आफ्नो समस्याहरु चासो लिईए सुनेपछि त्यसलाई कार्यन्वयन गर्न पहल गर्ने बचन मन्त्रीले दिएको उनको कथन छ,‘केन्द्रका प्रतिष्ठानहरू र मन्त्रालयका बिचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनीभूत बनाउन आवश्यक रहेको थियो । यस्तो भेटघाटले हामीबिचमा अझ प्रगाढ सम्बन्ध बनाउँने विश्वस प्रतिष्ठानले लिएको छ’, कुलपति हार्तम्छालीले भने ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आ.व. २०८०–०८१ मा प्रतिष्ठानले गरेका कार्यहरु’bout मन्त्री पाण्डेलाई सो भेटमा जानकारी गराए । राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीको विस्तृत जानकारी दिँदै प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक–एक कला हब बनाउने योजना अनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढाएको उनले बताए । यस्तै दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिसकेको र अन्य बाँकी प्रदेशमा छलफल चलिरहेको पनि थुम्केलीले जानकारी गराए ।

उनले आ.व. २०८०–०८१ मा प्रतिष्ठानले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सिपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम’bout पनि प्रकाश पारे । यस्तै वैश्विक तापमान वृद्धिका कारण नेपाललगायतका हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका ’boutमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी, देशका विभिन्न स्थानमा गरिएका कार्यशाला, प्राज्ञिक भेला, गोष्ठी, प्रदर्शनी, कलाकार उपचार कोषलगायतका विषयमा पनि मन्त्री पाण्डेलाई थुम्केलीले जानकारी गराए । ललितकलाका क्षेत्रमा खोज, अनुसन्धानमा थुप्रै काम गर्न बाँकी रहेको बताउँदै थुम्केलीले देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको ललितकला क्षेत्रका यी विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्ने माग पनि राखे ।

The post संस्कृति मन्त्रीलाई ललितकला प्रतिष्ठानका पदाधिकारीले बुझाए प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102626/