माल्दिभ्सकाे पाेस्टमा नेपालकाे ११ गाेल

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । नेपालको जीतमा रेखा पौडेलले ५, प्रीति राईले ह्याट्रिक तथा सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे । यो जीतसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै भुटान ४ अङ्कसहित दोस्रो, श्रीलङ्का ३ अङ्कसह...

Source : https://ujyaaloonline.com/story/108035/2024/10/21/11-goal-of-nepal-in-the-post-of-maldives