मुक्तिनाथमा दैनिक ४ हजार जनासम्म दर्शनार्थी पुग्न थाले

म्याग्दी – हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रूपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दशैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक झन्डै चार जनासम्म धार्मिक पर्यटकको आगमन हुन थालेको हो । मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटक उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक हप्तायता दैनिक चार हजार जनाभन्दा धेरै धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहे...

Source : https://ujyaaloonline.com/story/108136/2024/10/24/daily-arrival-of-4000-tourists-at-muktinath