मौसम खुलेसँगै तेञ्जिङ हिलारी विमानस्थलमा उडान शुरु

काठमाण्डौ – एक हप्तापछि खुम्बु क्षेत्रको मौसम खुलेसँगै तेञ्जिङ हिलारी विमानस्थलमा उडान भएको छ । आज एकै दिन विमानस्थल हुँदै एक हजार एक सय ५५ जना पर्यटक खुम्बु क्षेत्र भित्रिएका तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएको छ । प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाण्डौमा रोकिएका पर्यटक हवाई मार्ग हुँदै लुक्ला पुगेका हुन् । यस्तै लुक्लामा रोकिएका साढे पाँच सय भन्दा धेरै पर्यटक मन्थलीमा पुगेका छन् । आज लुक्ला विमानस्थलमा जहाजले ४७ पटक र हेलिकोप्टरले एक सय ३० पटकभन्दा धेरै उडान गरेका छन् ।    

Source : https://ujyaaloonline.com/story/108030/2024/10/21/flights-start-at-tenjing-hillary-airport