रवि र छवीलाई अदालतमा उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । ढिलो गर्दा भीडसँगै प्रदर्शन चर्किने भएकाले कार्यालय खुले लगत्तै उनीसहित गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डिआईजी छविलाल जोशीलाई सँगै अदालत लगिएको हो ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनीहरु दुवैलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । जोशीमाथि एक महिनादेखि अनुसन्धान भइरहँदा पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भने गत शुक्रबार पक्राउ गरिएको हो ।

लामिछानेलाई अनुसन्धानका लागि आइतबार पहिलोपल्ट ६ दिनको म्याद थप गरिएको थियो । ५ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय समक्ष मंगलबार र बुधबार बयान भएको छ । लामिछानेलाई गराउने भएपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कास्की जिल्ला अदालत रहेको सहिदचोक परिसरसहित आसपासका क्षेत्रमा विभिन्न घेरामा बाक्लोरुपमा प्रहरी तैनाथ छन् । पोखराको सहिदचोक, मुस्ताङचोक, ड्याससाइड, बैदाम क्षेत्रबाट सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । पैदलयात्रीलाई समेत कहाँ जान लागेको भनी ? केरकार गरिएको छ ।

रास्वपाका कार्यकर्ता तथा रवि समर्थितले रत्नचोकका विरोध प्रदर्शन गरिरहेका छन् ।

The post रवि र छवीलाई अदालतमा उपस्थित गराइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102673/