रवि लामिछानेलाई आज म्याद थपका अदालत लगिँदै

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व उपप्रधानमन्त्री र गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ गरिएपछि आज कास्की जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिँदै छ। प्रहरी र सरकारी वकिल कार्यालयले लामिछानेको बयान नसकिएकाले थप अनुसन्धान गर्न हिरासतमै राख्ने योजना बनाएको छ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरिने जानकारी दिएका छन्। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार अनुसन्धान प्रक्रियामा प्रमाण संकलन र कागजातको माग गरिँदैछ। जसका कारण बयान दोस्रो प्राथमिकतामा राखिएको छ। उनले लामिछानेले बयानमा समन्वय गरेको र उनीबाट छिटो बयान दिन आग्रह नगरिएको बताइन्।

लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। यसैगरी, सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी लिला पछाईंलाई पनि आजै म्याद थपका लागि अदालत लगिँदै छ।

 

The post रवि लामिछानेलाई आज म्याद थपका अदालत लगिँदै appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493780/