सातदोबाटोमा बसमा आगलागी

काठमाडाैं ।

ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ।

शनिबार अपराह्न पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार अचानक विद्युत सर्ट भई आगलागी भएको हो।

उक्त बसमा अचानक आगलागी भएपछि प्रहरी र ललितपुर महानगरपालिकाबाट दमकल झिकाइएको थियो।

ललितपुर महानगरपालिकाको दुई वटा दमकलले बसमा लागेको आगो साँझ ५ बजे निभाएको छ।

Source : https://newsofnepal.com/2024/10/19/674182/