राष्ट्र बैंकद्वारा सेवा रेमिटको लाइसेन्स खारेज 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको लाइसेन्स खारेज गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सेवा रेमिटको लाइसेन्स खारेज भएको जनाएको हो । 

राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधन) को विनियम-१३ को उप-विनियम (१०) खण्ड (ङ) बमोजिम खारेज हुने देखिएकोले रेमिटको लाइसेन्स खारेज गरिएको हो ।

त्यस्तै, राष्ट्र बैंकले कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए आगामी ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी दिन पनि आग्रह गरेको छ । 

तर, तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नभए सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुनेसमेत राष्ट्र बैंकले जानकारी गराएको छ ।  

Source : https://arthasarokar.com/2024/10/sewa-remit.html