ललितपुर महानगरले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर सफा गर्ने

ललितपुर – ललितपुर महानगरपालिकाले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर आउँदो शनिवार सफा गर्ने भएको छ । महानगरले हिजो आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहोरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरका मेयर चिरीबाबु महर्जनले गएको असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने तथा नदी किनारा सफा गर्ने काम शनिवारदेखि सञ्चालन गरिने जानकारी दिनुभयो । बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहोरले ललितपुर शहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेका...

Source : https://ujyaaloonline.com/story/108044/2024/10/22/lalitpur-metropolis-will-clean-the-river-banks