वर्तमान सरकार गठनपछि निजी क्षेत्रको आत्मविश्वास बढ्याे : अर्थ मन्त्रालय

काठमाण्डाै – अर्थ मन्त्रालयले वर्तमान सरकार गठन भएपछि निजी क्षेत्रको आत्मविश्वास बढेको दाबी गरेको छ । सरकार गठन भएको तीन महिनाभित्र भएका कामको सूची सार्वजनिक गर्दै मन्त्रालयले यस्तो दाबी गरेको हो । देशको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठनलाई अर्थ मन्त्रालयले महत्त्वपूर्ण काम मानेको छ । आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङ तयारी पूरादेखि सङ्घीय संसद्मा विधेयक पेशसम्मलाई अर्थले आफ्नो तीन महिने उपलब्धि मानेको छ । अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीह...

Source : https://ujyaaloonline.com/story/107916/2024/10/18/confidence-of-the-private-sector-increased-fm-says