विराटनगरमा पूर्ण बहादुरको सारंगी

काठमाडौं ।

तिहारको अवसर पारेर आगामी कातिक १५ गते लक्ष्मीपूजाका दिन रिलिज हुने फिल्म पुर्ण बहादुरको सारंगीको प्रवर्द्धनका लागि विराटनगरमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।

फिल्मको सांगीतिक कार्यक्रम इटहरीबाट शुरू भई धरान, दमक, र विराटनगरमा भएको हो। सोपश्चात् यसको टिम थप कार्यक्रमका लागि चितवनतर्फ लागेको छ। कार्यक्रममा फिल्मका प्रमुख कलाकार विजय बराल, मुकुन भुषाल र अन्जना बराइलीका साथै गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक विराज गन्धर्व सहभागी थिए।

गायक प्रशान्तले फिल्मका गीत प्रस्तुत गर्दा विराज गन्धर्वले सारंगीको सुरमा र्‍याप प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन गराएका थिए। मण्डला नाटकघरको जुनकिरी ट्रकसहितको टोली देशभर फिल्म प्रवर्द्धनमा निस्किएको छ।

कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए। पुर्ण बहादुरको सारंगी सेभेन सिज सिनेमा र बा“सुरी फिल्म्स्को ब्यानरमा निर्माण भएको हो।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मले गन्धर्व समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ।

Source : https://newsofnepal.com/2024/10/25/675174/