शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको कार्तिक २३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।  गत वर्ष शाइन रेसुङ्गाले ११ .०५ प्रतिशत लाभांश दिएको थियो ।

Source : https://arthasarokar.com/2024/11/shine-resunga-development-bank-17.html