सिरहा र धनुषा जोड्ने हुलाकी सडकको कमला नदीमा अस्याथी पुल निर्माण
सिरहा – सिरहा र धनुषालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ । कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले पुल निर्माण गरेको हो । नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिएपनि मोटरसाइकल चालकबाट भने २० रुपैयाँ शुल्क लिने गरिएको सिरहा–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताउनुभयो । सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगतरुपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजश्व सङ्कलन गर्ने उहाँले बत...
Source : https://ujyaaloonline.com/story/108430/2024/11/3/construction-of-asyathi-bridge-on-kamala-river