सुडानमा १४ लाख जनाभन्दा धेरैलाई हैजाविरुद्धको खोप लगाउने अभियान शुरू

सुडानमा हैजाविरुद्धको खोप अभियान शुरू भएको छ । सुडानको स्वास्थ्य मन्त्रायले देशको पूर्वी र उत्तरी भागहरूमा १४ लाख जनाभन्दा धेरै मानिसलाई लक्षित गरी हैजाविरुद्धको खोप अभियान शुरू भएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हैजाको चलिरहेको प्रकोपको प्रतिक्रियाका लागि हिजो तीन वटा राज्यमा अभियान शुरू गरेको मन्त्रायले जनाएको छ । अभियानले एक वर्ष वा त्योभन्दा माथिका १४ लाख सात हजार पाँच सय ४६ जनालाई खोप लगाउने लक्ष्य राखेको र यो अभियान बिहीवारसम्म चल्ने छ । सुडानको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म हैजाका २५ हजार जना...

Source : https://ujyaaloonline.com/story/107974/2024/10/20/vaccination-campaign-against-cholera-in-sudan