सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो।

बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर दोस्रो दिन नयाँ उचाई बनाएको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

The post सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493038/