स्वास्थ्य मन्त्रालयले गर्‍यो ४६ जना कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार ४६ जना कर्मचारीको जिम्मेवारी हेरफेर, पदस्थापना र सरुवा गरेको छ। जसमध्ये अधिकांश प्रशासनतर्फका कर्मचारी रहेको मन्त्रालयको कर्मचारी प्रशासनका एक कर्मचारीले जनाएका छन्।

मन्त्रालय स्रोतका अनुसार ११ जना शाखा अधिकृत, तीन जना तथ्याङ्क अधिकृत, २६ जना नायब सुब्बा (नासु) र ४ जना खरिदार गरी ४४ जना कर्मचारीको सरुवा पदस्थापन र जिम्मेवारी हेरफेर भएको हो।

११ जना शाखा अधिकृत र तीन जना तथ्याङ्क अधिकृतमध्ये नौ जनाको सरुवा र पाँच जनाको पदस्थापना भएको मन्त्रालय स्रोतले जानकारी दियो। २६ जना नायब सुब्बा (नासु)मध्ये १७ जनाको सरुवा र नौ जनाको पदस्थापना भएको छ।  त्यस्तै, चार जना खरिददारमध्ये तीन जनाको सरुवा र एक जनाको पदस्थापना भएको प्रशासन स्रोतले जानकारी दियो।

सोमबार जिम्मेवारी हेरफेर, पदस्थापना र सरुवा गरिएका ४६ मध्ये दुई जना स्वास्थ्यतर्फका सरुवा हुने कर्मचारीमा टीकाराम पनेरू र युवराज सुवेदी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।  वीर अस्पतालको स्टोरमा कार्यरत पनेरुलाई पशुपति होमियाप्याथी सेन्टर र सुवेदीलाई लगनखेलस्थित मानसिक अस्पतालमा सरुवा गरिएको हो।

अधिकांश लामो समयदेखि एकै ठाउँमा बसेका कर्मचारीलाई मन्त्रालय, विभाग, विभिन्न केन्द्र, अस्पताल लगायतमा जिम्मेवारी हेरफेर, पदस्थापना र सरुवा गरिएको मन्त्रालय स्रोतको भनाई छ। तर, ४६ जना कर्मचारीको सरुवा तथा पदस्थापना र जिम्मेवारी हेरफेर हुँदासमेत लामो समयदेखि स्स्वास्थ्य मन्त्रालय मातहतमा कार्यरत केही कर्मचारी भने मन्त्रीका बिश्वासपात्त्र भएकोले सरुवा नभएको सरुवामा परेका कर्मचारीहरूको गुनासो रहेको छ।

सङ्गठन संरचना (अर्गानोग्राम) अनुसार स्वास्थ्य सेवाको हेई, नवौँ–दसौँ तहको वरिष्ठ जनस्वास्थ्य प्रशासक आपूर्ति व्यवस्थापन शाखाको प्रमुख बन्ने नियम छ।तर त्यस विषयमा हाल सरुवा गर्दा ध्यान दिएको पाइन्न । 

यता दशैको मुखमा १सय भन्दा बढी करारका कर्मचारीहरूको म्याद थप नगरी कर्मचारीहरूलाई दसैँ दसामा परिणत गरिदिएकोमा कडा विरोध जनाउँदै आन्दोलनमा उत्रने निर्णयमा पुगेका छन्।

Source : https://newsofnepal.com/2024/10/22/674628/