हिमालयन बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३१.२२ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले कुल ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.६८ प्रतिशत घटेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २०.२२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २०.२२ प्रतिशत बढेको छ । यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस १९ रुपैयाँ ५१ पैसाबाट घटेर १३ रुपैयाँ ४२ पैसामा पुगेको छ । त्यस्तै, यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६५ गुणा रहेको छ ।

Source : https://arthasarokar.com/2024/10/himalayan-bank-69.html