१३० किलोका गोलरक्षक डेनियल बादिलास्लाभ

एजेन्सी ।

डेनियल बादिलास्लाभ एक रोमानियन गोलकीपर हुन् जसको तौल १३० किलोग्राम छ। उनी रोमानियाको फुटबल क्लब चिओरोगार्ला एफसीबाट खेल्ने गर्छन।

मुख्यतः उनकै कारणले चिओरोगार्ला एफसी दोस्रो डिभिजनबाट चौथो डिभिजनमा झरिसकेको छ। तर, क्लबले उनलाई बर्खास्त गर्ने आँट भने गर्न सकेको छैन । किनभने उनकी आमा क्लबकी मालिक र वित्तपोषक हुन्।

डेनियलका कारण चार जना प्रशिक्षकहरूले राजीनामा दिइसकेका छन् भने एकजना प्रशिक्षकको हृदयघातका कारणबाट मृत्यु समेत भइसकेको छ। त्यस्तै, एकजना खेलाडीले सदाका लागि क्लबबाट अवकाश लिएका छन्। डेनियलले सुरुमा स्ट्राइकरको भूमिकामा खेलेका थिए। तर, खेलाडीहरूसँग दौड्न र घुलमिल हुन कठिनाई भएपछि उनले गोलकीपिंगलाई रोजेका हुन्।


गोलकीपर भएपनि बल समात्ने कौशल नभएका कारण कोचले आफ्नो टिमलाई ७ रक्षक र ३ मिडफिल्डरसहित मैदानमा उतार्न बाध्य छन् । यति हुँदा हुँदै पनि उनी आफ्ना सहकर्मीहरूमध्येमा सबैभन्दा बढी तलब पाउने खेलाडीमध्येमा पर्छन । त्यतिमात्र होइन, बडिस्लाभले रोमानियाको ठूलो टोली रापिड बुखारेस्टका लागि खेल्ने सपना रहेको बताउने गरेको रोमानियाली मिडियाले उल्लेख गरेको छ।

यदि बडिस्लाभले रापिड बुखारेस्टका लागि खेल्न सकेमा उनी अधिक तौल भएर पनि उच्च स्तरको फुटबलमा खेल्न सफल पहिलो गोलकिपर हुनेछ। यसअघि सन १९०० को दशकको सुरूवातमा इंग्ल्याण्डका फुटबलर विलियम ’फ्याटी’ फुल्क पनि आफ्नो मोटापनका कारण चर्चित बनेका थिए। जसको तौल १५० किलोग्राम (३३१ पाउन्ड) थियो। उनले शेफिल्ड युनाइटेड, चेल्सी र इंग्ल्याण्डको लागि खेलेर एक लिग उपाधिसहित तीन एफए कप जितेका थिए ।

Source : https://newsofnepal.com/2024/10/18/673901/