‘१२ गाउँ’ को सफलतापछि फिल्मको सिक्वेल निर्माण गर्ने तयारी

काठमाडौं– हलमा प्रदर्शनरत फिल्म ‘१२ गाउँ’ ले राम्रो व्यापार गरेपछि निर्माणपक्षले यसको सिक्वेल बनाउने तयारी गरेको हो । एक सातामा १० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको चलचित्रले हालसम्म पनि राम्रो अकुपेन्सी पाइरहेको छ ।

‘ १२ गाउँ’ को सिक्वेलको लागि स्टोरी पहिले नै भएको र यसमा थप काम भइरहेको निर्माणपक्षले जनाएको छ । विराज भट्टले निर्माण तथा निर्देशन गरेको फिल्ममा विराजकै छोरा समिर भट्टले डेब्यु गरेका छन् । समिर सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘बलिदान’को लागि अनुबन्ध भइसकेका छन् । ‘बलिदान’को काम सक्किएपछि समिरकै मूख्य भूमिकामा ‘१२ गाउँ’ को सिक्वेल निर्माण हुने बुझिएको छ ।

Source : https://onlinetvnepal.com/2024/10/185022/