आईसीसी विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हार

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गर्‍याे । क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो । सन्दीप लामिछानेले सर्वा...

Source : https://ujyaaloonline.com/story/106918/2024/9/23/nepal-third-consecutive-loss-in-icc-world-cup-leag