काभा महिला भलिबल क्लब च्याम्पियनशिप जितेको नेपाल पुलिस क्लबकाे भव्य स्वागत

काठमाण्डौ – काभा महिला भलिबल क्लब च्याम्पियनशिप जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएपछि भव्य स्वागत गरिएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विजेता टोलीलाई प्रहरीका अधिकृतहरूले विमानस्थल परिसरमा ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरेका हुन्  । साथै खेलाडीहरूलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको छ । माल्दिभ्सको मालेमा अस्ति शनिवार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जीतसहित उपाध...

Source : https://ujyaaloonline.com/story/106938/2024/9/23/nepal-police-club-grand-welcome-home-



Related Posts