देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि

काठमाण्डाै – तराई मधेशका जिल्लामा गर्मी अत्यधिक बढेको छ । आज दिउँसो तराई मधेशका जिल्लामा रहेका सबैजसो मापन केन्द्रहरूले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै देखाएका छन् । यस्तै ललितपुरको खुमलटारमा दिउँसो अधिकतम तापक्रम ३२ दशमलव सात डिग्री सेल्सियस पुगेको छ । मध्य पहाडका उपत्यका तथा खोँचहरूमा रहेका धेरै ठाउँमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ । सामान्यतया असोज लागेपछि गर्मी निकै कम हुनुपर्नेमा यो वर्ष केही दिनदेखि गर्मी बढेको तराई मधेशका बासिन्दा बताउँछन् । गर्म...

Source : https://ujyaaloonline.com/story/106953/2024/9/23/scorching-summer-in-many-parts-of-the-country