दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डौ – साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको थियो । एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधवार अनुमति दिएको थियो । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रका...

Source : https://ujyaaloonline.com/story/106920/2024/9/23/court-permission-to-detain-durga-for-three-days-