माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको प्रचण्डको भनाइ

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् । शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभामा बोल्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धिहरू र चुनौतीहरू सबै माओवादी घटकहरूको साझा सम्पत्ति भएकोले अब ढिलो नगरी एकीकृत हुने बेला आएको बताएका हुन्।

उनले माओवादी घटकहरूको एकीकरणले ठूलो शक्ति सिर्जना गर्ने र वैधानिक तथा शान्तिपूर्ण संघर्षबाट जित्न सकिने दाबी गरे। उनले माओवादी आन्दोलनलाई नेपाली राजनीतिको क्रान्तिकारी विरासतका रूपमा चित्रण गर्दै माओवादी अझै बलियो शक्ति रहेको उल्लेख गरेका छन्।

प्रचण्डले संसदमा पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अर्थ्याइएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिंदासम्म संसदबाट प्रतिरोध जारी राख्ने बताए । शान्ति प्रक्रियाका बाँकी कार्यहरू टुंग्याउनेतर्फ ध्यान केन्द्रित गर्दै, उनले टिआरसी कानुन बनिसकेकाले अब आयोगहरू गठन गरेर शहीद र बेपत्ता व्यक्तिहरूको सम्मान र परिवारको परिपूरण गर्ने योजना रहेको जानकारी दिए।

The post माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको प्रचण्डको भनाइ appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491072/