लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि
काठमाण्डाै – नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले सबैभन्दा धेरै २२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३७ ओभर ३ बलमा एक सय २७ रनमा अलआउट भयो । सुदूर...
Source : https://ujyaaloonline.com/story/108547/2024/11/6/sudurpaschim-won-the-national-u-19-cricket-title