सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

सूर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।

प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी रहेको प्रहरी स्रोतले जानकारी दियो। उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन्।

The post सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/22/98990/