सहकारी ठगी प्रकरण : छविलाल जोशी पक्राउ

काठमाडौँ ।

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

गोरखा मिडियाका सञ्चालक समेत रहेका जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । 

Source : https://newsofnepal.com/2024/09/22/669297/