रास्वपाले चीन गएका नेतालाई बोलायो फिर्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिन भ्रमणमा गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपाका नेताहरुले तत्कालै छलफल गरी यो निर्णय गरेका हुन् ।

रास्वपाका नेता विराजभक्त श्रेष्ठले चिन भ्रमणमा रहेका नेताहरूलाई फिर्ता बोलाइएको जानकारी दिएका छन् । पूर्वडीआईजी जोशीको पक्राउपछि रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका थिए । अहिले काठमाडौँको वनस्थली क्षेत्रमा पार्टीका कार्यकर्ता भेला भइरहेका छन् । प्रहरीले छविलालको बयानपछि मात्र रवि लामिछानेलाई पक्राउ गरिने बताएको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तरिकाले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएपछि, त्यस रकमको खर्च व्यवस्थापनमा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिसअनुसार गोर्खा मिडियाका संचालक कुमार रम्तेल, छविलाल जोशी, र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लगाउने तयारी भएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post रास्वपाले चीन गएका नेतालाई बोलायो फिर्ता appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491178/