सामाजिक सञ्जालका विश्लेषणको भरमा सेयर बजारमा लगानी नगर्न नेप्सेको अनुरोध

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ ।

सोमबार सूचना जारी गर्दै नेप्सेले आधिकारिक विश्लेषक कोही नभएकाले सामाजिक सञ्जाल हेरेर लगानी नगर्न अनुरोध गरेको हो । नेप्सेले नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको बताएको छ ।

फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेत गराएको छ । नेप्सेले सूचनामार्फत लगानीकर्ताहरूलाई यथार्थ बुझेर मात्र लगानी सम्बन्धी निर्णय गर्न आग्रह पनि गरेको छ ।

 

Source : https://onlinetvnepal.com/2024/09/183858/