सुदूरपश्चिममा कुन दलबाट को–को बने उम्मेदवार ?

धनगढी । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ । जसअनुसार उपनिर्वाचन हुने सुदूरपश्चिमका स्थानीय तहमा दलहरूले आ–आफ्नो उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् । यहाँ जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदको लागि निर्वाचन हुँदैछ । नेकपा एमालेले उम्मेदवार हुने व्यक्तिको नाम सार्वजनिक गरेको छ । एमालेले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीको नाम टुङ्गो लगाएको छ । बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नेकपा एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाउने गरी नाम टुङ्गो लगाएको एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । त्यस्तै, नेपाली काँग्रेसले पनि सबै उम्मेदवारको नाम सार्वजनिक गरी घरदैलो कार्यक्रमलाई अगाडि बढाएको छ ।

Source : https://www.ratopati.com/story/457947/who-became-the-candidate-from-which-party-in-far-west