२० औँ एशियाली कराँते च्याम्पियनशिपमा एरिकालाई ऐतिहासिक रजत पदक

२० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । चीनमा आज सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् । एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भए पनि उनले जितेको रजत पदक नेपालको लागि ऐतिहासिक पदक हो । तर उनले स्वर्णपदक जित्ने ठूलो मौका गुमाएकी छिन् । एशियन कराते फेडरेसनले आयोजना गर्ने एशियन च्याम्पियनशिपमा नेपालले जितेको यो पहिलो पदक हो । 

Source : https://ujyaaloonline.com/story/106910/2024/9/22/historic-silver-medal-for-karate-player-erica-guru