नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश प्रस्ताव सरकार र आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा वितरण गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँ छ ।

Source : https://arthasarokar.com/2024/04/nepal-reinsurance-13.html



Related Posts