प्रधानमन्त्री ओलीले गरे ‘फ्युचर फर समिट’को संवाद सत्रको अध्यक्षता  

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को संवाद सत्रको अध्यक्षता गरेका छन् ।

समिटको उद्घाटनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा लम्साललगायत प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले आइतबारै समिट फर फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Source : https://newsofnepal.com/2024/09/22/669379/



Related Posts